सुचना, समाचार र मनोरन्जन

जगदीश चन्द्र जोशी ‘ज्याक’ काड्रो खेलका लागि नेपालको राष्ट्रिय राजदूत नियुक्त

काठमाडौं :

अन्तर्राष्ट्रिय स्ट्रीट वर्कआउट तथा क्यालिस्थेनिक्स च्याम्पियन जगदीश चन्द्र जोशी (ज्याक) काड्रो खेलका लागि नेपालको आधिकारिक राष्ट्रिय राजदूत नियुक्त भएका छन्।

युवा नेता तथा स्ट्रीट संस्कृतिका सक्रिय प्रतिनिधि ज्याकले यस भूमिकामार्फत नेपालको स्ट्रीट संस्कृति, स्ट्रीट खेलकुद र युवा आन्दोलनलाई काड्रोको अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्नेछन्। काड्रो इन्टरनेशनल अवार्ड कम्पिटिसन स्ट्रीट संस्कृति र स्ट्रीट खेलकुदको विकास तथा पहिचानका लागि समर्पित विश्वव्यापी प्लेटफर्म हो।

काड्रोले विश्वव्यापी स्ट्रीट आन्दोलनलाई प्रतिनिधित्व गर्ने १३ आधिकारिक दिशामार्फत काम गर्दै आएको छ। यसअन्तर्गत भिडियो प्रतियोगिता, शैक्षिक कार्यक्रम तथा ग्रान्ट अवसरमार्फत विश्वभरका युवा प्रतिभालाई एकै प्लेटफर्ममा ल्याइन्छ, जसको अन्तिम यात्रा रुसमा आयोजना हुने ग्रान्ड फिनालेमा टुंगिन्छ।

यो नियुक्तिलाई नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै ज्याकले यसले नेपाली खेलाडी, कलाकार, क्रिएटर तथा युवालाई स्ट्रीट वर्कआउट, क्यालिस्थेनिक्स र स्ट्रीट खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने र नेपाललाई गर्वका साथ विश्व मञ्चमा प्रतिनिधित्व गर्ने अवसर खुल्ने बताएका छन्।

ज्याकले हालसम्म छ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै दुई स्वर्ण पदक हासिल गरिसकेका छन्। साथै, उनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको स्ट्रीट वर्कआउट प्रतियोगिता आयोजना गरिसकेका छन्। उनी काड्रोका ६१औँ आधिकारिक राजदूतको रूपमा नेपालबाट प्रतिनिधित्व गर्ने व्यक्ति बनेका छन्।

काड्रो इन्टरनेशनल अवार्ड कम्पिटिसनको फाइनल खेल विभिन्न देशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागितामा सन् २०२६ अगस्ट १९ देखि २३ सम्म रसियाको स्टाभ्रोपोलमा आयोजना हुने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.