Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार १० गते बुधबारको राशिफलको राशिफल पढ्नुहोस
- साउन २९ मा निखिलको ‘आचार्य’रिलिज हुने चर्चाकाबीच निखिलको स्पष्टीकरण : ‘प्राविधिक काम नसकिँदा मिति तोक्न सकिएको छैन’
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि इटहरीका श्रीना बराल र मार्टिन श्रेष्ठले जिते
- गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन
- रास्वपा महाधिवेशनः बन्दसत्र सुरु
- गणितको महाकुम्भमा भाग लिन चीनतर्फ लम्किए एरिज पोखरेल
- पोखरा–९ द्वारा थकाली समुदायको समाजघरलाई फर्निचर सहयोग
- ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
- उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेस विश्वव्यापी रुपमा बढ्दै
- विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
चितवनमा थपिए ३४ मतदान केन्द्र
चितवन,
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार गत निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेकामा आगामी फागुन २१ गते हुने निर्वाचनमा ४९४ केन्द्र कायम गरिएको छ । त्यसमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र कायम गरिएको छ ।
उहाँका अनुसार मतदानस्थल भने थप भएका छैनन् । गत निर्वाचनमा कायम रहेका १६२ मतदानस्थल नै कायम गरी केन्द्र थप गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र थपिएका छन्, स्थल भने पहिलाको नै हो ।”
क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल रहेको उनले जानकारी दिए । यस वर्षको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।
उनले ३३ हजार ७४० जना मतदाता थपिएको बताउनुभयो । क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ मतदाता कायम भएको उनले बताए ।
Prev Post