मौसममा सुधार आएसँगै देशकै प्रमुख आवतजावतको माध्यम मानिने पृथ्वी राजमार्गमा सवारी साधनको चाप ह्वात्तै बढेको छ ।
मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारी साधनको ओहोरदोहोर बढेको हो ।

मौसम खुलेपछि यात्रुहरू ढुक्क भएर यात्रामा निस्किएका छन् । राजमार्ग छेउछाउमा सवारी कुरेर बसेका यात्रुहरु पनि प्रशस्तै देखिन्छन् ।
राजमार्गमा निजी तथा हलुका सवारी, यात्रुवाहक बस तथा मालबाहक ट्रकहरू साबिकभन्दा बढी संख्यामा सञ्चालन भइरहेका छन् भने दुईपाङ्ग्रे सवारी चालकहरू पनि सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।
