सुचना, समाचार र मनोरन्जन

सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.