सुचना, समाचार र मनोरन्जन

फिल्म ‘कुमारी’को ‘डोको बुन्ने’ गीत युट्युब र टिकटकमा लोकप्रिय

काठमाडौं :

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छोटो समयमै ११ लाख भन्दा बढि भ्युज कमाएको छ। ६ दिनअघि सार्वजनिक भएको यस गीतले युट्युब र टिकटक दुवै प्लेटफर्ममा प्रभाव जमाउन सफल भएको हो।

गीतलाई युट्युबमा हालसम्म ११ लाख ७६ हजारभन्दा बढी पटक हेरिएको छ। ११ सय भन्दा बढिले कमेन्ट गरेका छन् भने ३३ हजारले लाइक गरेका छन्। यसै गीतका गायक केहर सिंह लिम्बू को टिकटक अकाउन्टबाट मात्रै २५ हजारभन्दा बढी भिडियो बनाइएको देख्न सकिन्छ। फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीको केमेस्ट्री पनि दर्शकले मन पराएका छन्।

आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने यस फिल्ममा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का र सनम श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। केहर सिंह लिम्बूको स्वरमा रहेको रहेको यस गीतमा सागर लामिछाने मगर र सुमन तामाङ को शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बूको संगीत रहेको छ। साथै भिडियोको कोरियोग्राफी शिशिर खाती ले गरेका छन्।

Leave A Reply

Your email address will not be published.