सुचना, समाचार र मनोरन्जन

‘जाँदैछु नौ डाँडा काटेर’ भन्दै परदेशिए अभिनेता पल शाह

काठमाडौं :

युटुबमा रिलिज भएको दुई दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’२२ लाखभन्दा बढि भ्युज कमाएको छ। माघ १ गते रिलिज भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २२ लाख ६९ हजार भन्दा बडि भ्युज पाइसकेको छ। पछिल्लो समय फिल्मका गीतले खासै दर्शक कमाउन नसकिरहेको अवस्थामा यो गीतले २२ लाख दुई दिनमै कटाउनु सुखद कुरा हो।

त्यस्तै गीतलाई ७६ हजारले मन पराएका छन् भने २३ सयले प्रतिक्रिया दिएका छन्। गीत रिलिज भएको एक घण्टामा नै तीन लाख भन्दा बढि दर्शकले हेरेका थिए। कमेन्टकर्ताहरुले गीतले भावुक बनाएको प्रतिक्रिया दिदै कलाकारहरुको अभिनयलाई प्रशंसा गरेका छन्। गीतको भावले मन नलागि नलागि परदेशिन बाध्य पारेको कुरालाई भन्न खोजेको छ। सोही माथी अभिनेता पल शाह,विपना थापा र प्रदीप रावतको जिवन्त अभिनयले दर्शकलाई छोएको बुझ्न सकिन्छ।

Chaka Panja

फिल्म ‘ह्रस्व–दीर्घ’निर्देशन गरेर खारिएका निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेर नै फिल्म निर्माण गरेको बताए। उनका अनुसार अहिले देशमा भइरहेको कथालाई फिल्मको मुख्य मसला बनाएका छन्। सोही भाव यस गीतको भिडियोमा पनि देख्न सकिन्छ। गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतको अभिनयलाई दर्शकले मन पराएका छ। किरण परियार र शान्तीश्री परियारले गाएको यस गीतमा शब्द संगीत अभि सुनारले गरेका छन्। सुरिलो स्वर र मिठास शब्द संगीतले दर्शकलाई बाँधेर राखेको गीतको भिडियोमार्फत महसुस हुन्छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,रबिन्द्र झा,गजित बिष्ट,बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ भने गायनमा शान्तीश्री परियार,रबि ओड,किरण परियार,यमन श्रेष्ठले गाएका छन्। भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको छ। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ। फिल्म यहि माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउदैछ।

Leave A Reply

Your email address will not be published.