सुचना, समाचार र मनोरन्जन

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

 

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिम रुप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ।

Chaka Panja

पार्टीका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी हुने बताए। शाहले आजै प्रमुख पदबाट राजीनामा बुझाउँदै छन्।

रास्वपाको केन्द्रीय कार्यालय चमतिमा बस्ने सो बैठकमा पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेताहरूको सहभागिता रहने प्रवक्ता झाले जानकारी दिए। पार्टी सभापति लामिछाने, नेता शाहलगायत अन्य नेताहरु आजै साँझ जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

Leave A Reply

Your email address will not be published.