काठमाडौं :
माघ ९ गतेबाट स्थगित भएको फिल्म‘बिगुल’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तोकेको छ।
कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार समयअनुकल फिल्मको मिति तोकिएको बताए। यस फिल्ममा यस फिल्ममा बेनिशा हमाल,नरेन खड्का,नीर शाह,रमेश बुढाथोकी,विनोद न्यौपाने,शिशिर बाङ्देल,हेमन्त बुढाथोकी,गीता अधिकारी,रबिन्द्र खड्का,मीरा पण्डित मुख्य भूमिकामा छन। यसै फिल्मबाट मीराले फिल्ममा डेब्यु गरेकी हुन्।
रमेश कोइराला निर्देशित फिल्म फिल्ममा देशको वर्तमान राजनैतिक अवस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो विषयवस्तु रहेको छ। यसअघि फिल्मको गीत, टिजर अनि ट्रेलरले सोही भाव दर्शकमाझ प्रस्तुत गरिसकेको छ।
काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले वितरण गर्न लागेको यस फिल्मलाई शिव ढकालले खिचेका हुन् भने द्धन्द्ध एनबी महर्जनको छ। तारा थापा किम्भेको सम्पादन रहेको फिल्मका गीतमा विश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेको फिल्ममा एनबी महर्जनको द्वन्द निर्देशन छ ।