
शुभ मुहूर्तसँगै बुधबारबाटै चलचित्रको छायांकन पनि सुरु भएको छ। निर्देशक सुब्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनको तालिकामा सम्पन्न गरिनेछ। चलचित्रमा अबिषेक खड्का, खुसी कार्की,अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल,दीपाश्री निरौला,प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम लगातयले अभिनय गर्दैछन्। दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा यस चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।