सुचना, समाचार र मनोरन्जन

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं,

आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

सन् १९८१ देखि महिला अधिकारकर्मीहरूले नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका हुन् । डोमिनिकन गणतन्त्रका तीन राजनीतिक अभियन्ता मिराबल दिदीबहिनीको स्मृतिमा यो दिन चयन गरिएको हो। तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा सन् १९६० मा उनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

Pach Pandav

महिलामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्दै गएपछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ डिसेम्बर २० मा प्रस्ताव नम्बर ४८र१०४ मार्फत महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र पारित गरेको थियो ।

त्यसपछि सन् २००० फेब्रुअरी ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो ।

यसै अवसरमा सन् २०२६ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुँदैछ । यस वर्षको अभियानले ‘न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ’ भन्ने नारालाई प्राथमिकतामा राखेको छ ।

Leave A Reply

Your email address will not be published.