सुचना, समाचार र मनोरन्जन

भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने सहमति स्वागतयोग्यः भट्टराई

काठमाडौँ,

नेकपा एमालेका उपमहासचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबिच भएको सहमतिको स्वागत गरेका छन् । यो सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एकहदसम्म सहयोग पुग्ने उनले उल्लेख गरेका छन् ।

Pach Pandav

भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न त्यो प्राविधिक निष्कर्षपछि मात्र थाहा हुने भन्दै उनले लेखेका छन्– “मैले बुझेअनुसार ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ ।”

उनी थप लेख्छन्– “दुई तर्फी हवाई रुटमा फेरी पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगन्ज नै हो । हवाई रुटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन रु कुनै वेला बताउँला । “

Leave A Reply

Your email address will not be published.