सुचना, समाचार र मनोरन्जन

सलमानका छायांकारले खिच्दैछन् प्रदिपको ‘२६ करोड’

काठमाडौं :

प्रदिप खड्काको मुख्य भूमिका रहने फिल्म ‘२६ करोड’लाई विदेशी क्यामेरामेनले खिच्ने भएका छन्। यस फिल्मलाई एसियन तथा युरोपियन फिल्मका अनुभवी छायांकार आर्टुर जुराव्स्कीले छायांकन गर्ने भएका हुन्।

फिल्म छायांकनका लागि आर्टुर नेपाल आइपुगेका छन्। शनिबार नेपाल आइपुगेका आर्टुरले आइतबारबाट वर्कसप समेत जोइन गरेका छन्। बिकास सुबेदीको निर्देशन रहने फिल्मको हाल वर्कसप भइरहेको छ। मंसिर १५ गतेबाट फिल्मको छायांकन सुरू हुने निर्माता सुभाष भुषालले जानकारी दिए।

Pach Pandav

आर्टुर पोल्याण्डका छायांकार हुन्। जसले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली चलचित्र उद्योगमा काम गरिसकेका छन्। यसअघि उनले बिकास निर्देशित नेपाली फिल्म ‘सिरजरा’मा काम गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो।

आर्टुरले बलिउडमा सलमान खानको ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’, सञ्जयदत्तको ‘भूमी’जस्ता सफल फिल्मको छायांकन गरेका छन्। जून फिल्मले अन्तराष्ट्रिय रूपमा समेत ख्याति कमाएका थिए। आर्टुरले पोलिस नेशनल फिल्म स्कूलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका हुन्। उनले छायांकन गरेका फिल्मले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। उनी आफैँ पनि बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा आबद्ध भइसकेका छन्।

भारतीय फिल्मबाहेक उनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चलचित्रहरू ‘हेड टु लभ’ (अमेरिका), ‘व्हेयर वुड यू लाइक टु गो?’ (साउथ कोरिया–पोल्याण्ड), ‘लोकाटोर्का’, ‘इज् पोद प्रोंद’को छायांकन समेत गरेका छन्। अगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको फिल्ममा प्रदिप खड्का र सारा अरएल शाहको मुख्य भूमिका रहनेछ । सारा बलिउड अभिनेता विवेक ओबेरोय कि छोरी हुन्।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सुबेदीकै लेखन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, निर्माता भुषालकै संगीत, हर्क साउदको शब्द र मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ। असोज पहिलो साता मुम्बईको ‘ताज ल्याण्ड्स इन्ड’ होटलमा फिल्मको घोषणा गरिएको थियो। घोषणा कार्यक्रममा बलिउड अभिनेता ओबेरोय समेत उपस्थित थिए।

Leave A Reply

Your email address will not be published.