सुचना, समाचार र मनोरन्जन

दर्शकले रुचाए ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत

काठमाडौं :

चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत चर्चामा छ। युटुबमार रिलिज भएको १३ दिनमा गीतले युट्युब र सामाजिक संजालमा भने हंगामा मच्चाइरहेको छ।

निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको छ । यो गीतलाई सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ। दर्शकले यो गीतमा लाख भन्दा बढी टिकटक बनाइसकेका छन् । जसकाकारण, फिल्मको व्यापारमा यो गीतले निकै फाइदा दिने देखिन्छ। माइकल चन्दको निर्देशनमा तयार भएको यो गीतको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ।

यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन्। गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिए ।

उनले भने–‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए । तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं । आज दर्शकको मुखमा गीत झुन्डिएको छ । लाखौं टिकटक बनेका छन्। यसले, हामीलाई उत्साहित बनाएको छ।’

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत फिल्ममा छ।

माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । फिल्मका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन्। यो फिल्मले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । फिल्ममा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ। फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.