सुचना, समाचार र मनोरन्जन

गाउँघरको पृष्ठभूमिमा सुहाना थापा, ‘परालको आगो’को दोस्रो लुक्स बाहिरियो

काठमाडौं :

सुशील पोखेरेलको फिल्म ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार नारी दिवसको अवसर पारेर दोस्रो पोस्टर रिलिज गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मकी अभिनेत्री सुहाना थापालाई निराश अवस्थामा प्रस्तुत गरिएको छ। विहानको सुनौलो घाम लाग्दै गर्दा खेतबारीमा डोकोसँगै अडेस लागेकी छन्। उनको भावपूर्ण मुद्राले फिल्मको कथालाई भन्न खोजेको देखिन्छ। उनी कुनै कुराले उनलाई निराश बनाएको पोस्टरमार्फत झल्किन्छ। गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको जस्तो अनुभूति दिलाउन पोस्टर सफल देखिन्छ।

ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउने यो पोस्टरमार्फत दर्शकमा कौतुहलता जगाउन सफल भएको छ। प्रकृतिको न्यानो प्रकाश र नरम रंग संयोजनले दृश्यलाई आकर्षक देखिन्छ। त्यसले पनि यो फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाउने निर्माण पक्षको अपेक्षा छ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुशील पोखरेलको लगानी रहेको यस फिल्मलाई सुशील देवकोटाले लेखेका छन्। फिल्ममा संकल्प भुजेलको छायांकन,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने रंग संयोजन कनाल कँवरको छ।

त्यसै गरि यो फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाको रहने छ भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ। मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ। सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकारी ओएसआरले लिएको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो। सोही अनुसार कथालाई नमारिकन नयाँ र उत्कृष्ट रुपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताए।

Leave A Reply

Your email address will not be published.