सुचना, समाचार र मनोरन्जन

झन्डै तीन दशकको सांगीतिक यात्रासहित पोखरामा गुञ्जिँदै ‘BRO SIS Band’

पोखरा,

नेपाली पप संगीतको सुनौलो युगमा लोकप्रिय गीतमार्फत लाखौँ संगीतप्रेमीको मन जित्न सफल चर्चित सांगीतिक समूह ‘BRO SIS Band’ पुनः आफ्नै गृहभूमि पोखरामा गुञ्जिने भएको छ।

सन् १९९८ मा स्थापना भएको उक्त ब्याण्डले सुमधुर गीत, मौलिक संगीत र विशिष्ट सांगीतिक प्रस्तुतिमार्फत नेपाली पप संगीतमा छुट्टै पहिचान स्थापित गरेको छ। ब्याण्डका गीतहरू एउटा पुस्ताको बाल्यकाल र युवावस्थाका सम्झनासँग जोडिएका छन्।

Pach Pandav

ब्याण्डको सांगीतिक पुनरागमनका रूपमा शनिबार (नोभेम्बर २८) पोखरामा विशेष ‘होमकमिङ कन्सर्ट’ आयोजना हुन लागेको हो। कन्सर्टमार्फत ब्याण्डले आफ्ना चर्चित तथा कालजयी गीतहरू प्रस्तुत गर्नेछ।

कार्यक्रमले पुरानो पुस्ताका संगीतप्रेमीलाई विगतका सांगीतिक सम्झनामा फर्काउने र नयाँ पुस्तालाई नेपाली पप संगीतको मौलिक स्वादसँग परिचित गराउने अपेक्षा गरिएको छ।

नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अग्रज कलाकार तथा सांगीतिक समूहको सम्मान, संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले पनि कार्यक्रमलाई विशेष रूपमा हेरिएको छ।

आफ्नै जन्मभूमिमा हुन लागेको कन्सर्टले पोखराको सांगीतिक माहोललाई थप उत्साहित बनाउने विश्वास आयोजक पक्षले लिएको छ।

Leave A Reply

Your email address will not be published.