सुचना, समाचार र मनोरन्जन

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आइतबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान (आइतबार) का लागि तय भएको हो ।

बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा निकट श्रोतले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।

साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.