सुचना, समाचार र मनोरन्जन

‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक, दाजुभाइको माया र अंशको झगडाको कथा

काठमाडौं :

निर्देशक मधुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा एउटै गाउँमा बस्ने तीन दाजुभाइ बिनोद न्यौपाने, कुशल बिष्ट फलित राईबीचको गहिरो सम्बन्ध देखाइएको छ। उनीहरूका बाबुआमाले ‘तीन भाइ कहिल्यै नछुटिनु’ भन्ने सन्देश दिएर संसार छाडेका हुन्छन्। बाबुआमाको भनाइलाई आत्मसात् गर्दै तीनै भाइ खेतबारी होस् वा अन्य काम, सबै कुरा मिलेर गर्ने देखिन्छ। दाइले नपिटेको दिन किन पिटेनन् भनेर भाइले गुनासो गर्ने सम्मको आत्मीयता उनीहरूबीच देखिन्छ।

तर कुशल फलितको विवाह भएपछि उनीहरूबीचको सम्बन्धमा दरार आउन थाल्छ। अंशबन्डाको कुरा उठेपछि कहिल्यै नछुटिने कसम खाएका दाजुभाइबीच चिसोपना बढ्दै जान्छ। रिसको झोंकमा दाइले ‘त्यसो भए बाबु खोजेर ल्याऊ’ भनेपछि भाइहरूले नक्कली बाबुको रूपमा राजाराम पौडेललाई ल्याउने प्रसंग ट्रेलरमा देखाइएको छ।

समाजमा भइरहेको जग्गा प्लटिङबाट धनी बन्ने प्रवृत्तिलाई पनि निर्देशक भट्टराईले कथामा मिसाएका छन्। तीन दाजुभाइबीचको सम्बन्ध कहिले कसरी बिग्रिन्छ भन्ने विषय ट्रेलरमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा बिनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, जाहान्वी बस्नेत, फलित राई, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा लगायत कलाकारलाई देख्न सकिन्छ। निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

फिल्ममा बिनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय रहेको छ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल दुर्गालक्ष्मी पाण्डे रहेका छन् भने विशेष सहयोगी शम्भु कुमार केसी हुन्।

फिल्मको छायांकन शिव ढकालले गरेका हुन् भने सम्पादन बनिश शाहले गरेका छन्। फिल्मका गीतमा संगीत साप शक्ति बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई इन्द्रदेव महर्जनले गरेका छन् भने पाश्र्व संगीत सम्राट थापाको छ। ध्वनि मिश्रण मुकेश शाह रंग संयोजन रेनिश फागोले गरेका छन्।

सहायक सम्पादन क्यामोदिन मिया श्रृंगार अशोक रोक्काको छ। फिल्ममा द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने ग्राफिक्स समिर मियाले तयार पारेका छन्। कला निर्देशन दिनेश लामा ‘गैंडा’को भने निर्माण नियन्त्रक सन्देश राई (भान्जा) रहेका छन्। पोस्ट–प्रोडक्सनको काम मोसन स्टुडियोले गरेको हो।

फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत ज्ञानकुमार कट्टेल हुन्। प्रचार सामग्री आइडियल डिजाइनर्सले तयार पारेको छ। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्म चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.