सुचना, समाचार र मनोरन्जन

जलवायु परिवर्तनको जोखिम र न्यूनीकरणबारे जनप्रिय क्याम्पसमा विद्यार्थी सचेतना

पोखरा,
पोखरा ८, सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा जलवायु परिवर्तनको मुद्दा र यसका चुनौतीबारे विद्यार्थीहरूलाई सचेत गराइएको छ । क्याम्पसले ुजलवायु परिवर्तन सचेतनास् सबैको उत्तरदायित्वु विषयक कार्यक्रमको आयोजना गरी यस क्षेत्रमा विद्यार्थीको भूमिकाबारे छलफल गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस प्रमुख कृष्णबाबु बरालले वर्तमान विश्वमा जलवायु परिवर्तनको मुद्दा निकै पेचिलो बन्दै गएको बताए।उनले विद्यार्थी वर्ग यस विषयमा सचेत भए मात्र समुदायमा सकारात्मक सन्देश पुग्ने उल्लेख गर्दै विज्ञहरूले सुझाएका समाधानका उपायहरूलाई घर र समाजसम्म पुर्‍याउन विद्यार्थीहरूलाई आग्रह गरे।

सचेतना कार्यक्रमका स्रोत व्यक्ति जनक पाठकले जलवायु परिवर्तनका कारण, प्रभाव र वैश्विक परिदृश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ब्ल्याक कार्बन, कोइला, कार्बनडाइअक्साइड, मिथेन, वन डढेलो र जीवाष्म इन्धनको अत्यधिक प्रयोगले पृथ्वीको तापक्रम बढिरहेको जानकारी दिए। विकसित देशहरूले कोइलाको प्रयोगबाट उन्नति गरे पनि त्यसले निम्त्याएको समस्याको मार विकासोन्मुख देशहरूले खेप्नुपरेको उनको भनाइ थियो । पाठकले धनी देशहरूले ुग्रीन प्लानेट फन्डुको अवधारणा ल्याए पनि प्रतिबद्धता अनुसारको रकम जम्मा नगरेकोमा चासो व्यक्त गरे।

जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिएर कालोपन बढेको, समुद्री सतह बढेको, बेमौसमी वर्षा र अतिवृष्टि जस्ता समस्याले मानव समुदाय र वनस्पति जगत नै संकटमा परेको तर्फ स्रोत व्यक्ति पाठकले विद्यार्थीहरूको ध्यानाकर्षण गराए ।

बिबिए कार्यक्रम संयोजक यामकुमार बरालले यस्ता सचेतनामूलक कार्यक्रमले शैक्षिक संस्थाको क्रियात्मक अभियानलाई प्रष्ट पार्ने भन्दै विद्यार्थीलाई प्राप्त ज्ञानको व्यवहारिक लाभ लिन सुझाए। स्नातक तहका विभिन्न सङ्कायका १०० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए।

Leave A Reply

Your email address will not be published.