काठमाडौं :
गायक तथा कलाकार इन्द्र बस्याल ले नयाँ गीत ‘मर्नु न बाच्नु बनायो’ सार्वजनिक गरेका छन्। उक्त गीतको भिडियो उनले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा स्वयं बस्यालकै स्वर, शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन राकेश सोनीले गरेका छन्। भिडियोमा विष्णु केसी, ममता बस्याल, इन्द्र बस्याल, बाल कलाकार अञ्जिला तामाङ र उषा तामाङलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन कृष्णराज भण्डारीले गरेका छन्।
त्यसैगरी, भिडियोको सम्पादन अर्जुन खड्काले गरेका छन् भने छायांकन (डीओपी) केशव अधिकारीको रहेको छ। मेकअप ज्योति सोनमले गरेकी छन्। प्राविधिक पक्षमा चार्ली केसी, सन्तोष डेनी र मुस्कानको योगदान रहेको छ। नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको यस गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गायक बास्यालले व्यक्त गरेका छन्।