सुचना, समाचार र मनोरन्जन

अमेरिका–अष्ट्रेलिया–न्युजिल्याण्डमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ सार्वजनिक

काठमाडौं :

गायक रेश बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक भएको छ। गोविन पुनको शब्द तथा संगीतमा तयार गरिएको यो गीत वास्तविक जीवन कथामा आधारित प्रेमिल प्रस्तुति हो।

अमेरिकामा चिकित्सक पेशामा आवद्ध सुरेश बस्नेत र रेहा पोखरेलको प्रेम यात्रालाई आधार बनाएर ‘दुई मुटु, एक यात्रा’ थिममा गीत निर्माण गरिएको हो। भिडियोमा यी दुवै जनाले आफ्नै जीवनको कथा प्रस्तुत गर्दै श्रीमान्–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्।

भिडियोको विशेषता भनेको यसको अन्तर्राष्ट्रिय लोकेसन हो। अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्डका रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोले दृश्यात्मक रूपमा पनि आकर्षण थपेको छ। विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको संयुक्त निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन र प्रविण श्रेष्ठको पटकथा रहेको छ। छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्युजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि. र अमेरिकामा पशुपति बस्यालले गरेका हुन्।

भिडियो निर्माणमा उल्लेख्य लगानी गरिएको छ। गायक तथा मोडल सुरेश बस्नेतका अनुसार यो प्रस्तुति आर्थिक लाभभन्दा पनि गीतसंगीतप्रतिको गहिरो प्रेमका कारण तयार गरिएको हो। “हामीले पैसाका लागि होइन, भावनाका लागि यो गीत बनाएका हौं। दर्शकको मन छुनेमा हामी विश्वस्त छौं,” उनले बताए।

Leave A Reply

Your email address will not be published.