Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवाललाई
- ओटेफले कोजाग्रत पूर्णिमाको दिन पोखरामा दशैं महोत्सव गर्ने
- ‘विवाद होइन, तथ्य खोजौँ; नियमित अन्तर्राष्ट्रिय उडानका लागि पोखरा एकजुट बनौँ ’: गोकर्ण कार्की
- ६ करोड बढी व्यापार गरेको ‘पेन्सन पट्टा’को तेस्रो साताको यात्रा पनि बलियो
- सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन किन अभिभावकलाई दिइँदैछ सुझाव ?
- ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ दोस्रो शनिबार पनि उत्साहजनक व्यापार
- फिल्म ‘पिर मनैमा’ सार्वजनिक, शान्तिश्री र रबिनको स्वर
- खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
- भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
धनुषा,
जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
यस्तै, गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरूमा परेको छ । गर्मी अत्यधिक बढेर तातो हावा चलेसँगै दिनभर काम गर्न असहज भएको र ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा पनि असर परेको छ । सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा ९लु० चल्ने क्रम पनि जारी रहनेछ ।
स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउने जस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ ।