सुचना, समाचार र मनोरन्जन

‘परालको आगो’ आजदेखि प्रदर्शनमा, देशभर उच्च शो र दर्शकको उत्साह

काठमाडौं :

नेपाली फिल्म ‘परालको आगो’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। बिहानैदेखि विभिन्न हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ भने फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाएको छ। दर्शकको उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले फिल्मलाई उच्च शो दिएका हुन्।

Chaka Panja

फिल्मका निर्माता सुशील पोखरेल का अनुसार अधिकांश हलमा फिल्म हाउफुल भएको छ। निर्माण टिम पनि शुक्रबार बिहानैदेखि विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। १३५ मिनेट लामो यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्म साहित्यकार गुरु प्रसाद मैनाली को चर्चित कृति *‘परालको आगो’*बाट प्रेरित भएकाले पनि दर्शकमा चासो बढेको निर्माण पक्षको भनाइ छ।

फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेल ले गरेका हुन्। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटा ले लेखेका छन् भने भिएफएक्स समिर मिया र सत्यम राना ले गरेका छन्।

यसैगरी, टिजर तथा ट्रेलर सम्पादन साहिल खान ले गरेका छन्। फिल्मको पाश्र्व संगीत किरण तुलाधर को रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य स्वरुप आचार्य र प्रकाश सपुत को योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुत ले लेखेका छन्। फिल्मका सह–निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल हुन्। देशभर वितरण आर आर फिल्मस ले गरेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ।

Leave A Reply

Your email address will not be published.