सुचना, समाचार र मनोरन्जन

रेखा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज गरिदै

काठमाडौं :

तीजको अवसर पारेर नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’को रिलिज मिति तोकिएको छ। निर्माण टिमले शुक्रबार फिल्मको प्रदर्शन मिति आगामी भदौ २६ गतेलाई तोकेको हो। उक्त मितिबाट फिल्म देशभर प्रदर्शनमा आउने निर्देशक रेखा थापाले बताईन्। यस फिल्मको वितरक रिच, एप्पल र एफडीले गर्ने जिम्मा लिएसँगै फिल्मको प्रदर्शन भदौमा राखिएको हो।

अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको यस फिल्ममा पारिवारिक र भावनात्मक कथावस्तु प्रस्तुत गरिएको बताइएको छ।फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको अभिनय रहेको छ।

फिल्मका निर्माता हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् भने पटकथा लेखन ध्रुव लम्सालले गरेका छन्। साथै फिल्मको छायांकन सुदीप बरालको रहेको छ। रेखा थापाले आफैले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’भने प्रदर्शनका लागि रेडी भएको छ। तर प्रदर्शन मिति भने तोकिएको छैन।

Leave A Reply

Your email address will not be published.