
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- काखमा बालक र पैतालाबाट रगत: ‘सारथी’को प्रोमोमा गम्भीर अवतारमा देखिइन् निरुता सिंह
- सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक, मङ्सिर ४ गते नेपाली भाषामै विश्वव्यापी प्रदर्शन हुँदै
- ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ को भव्य समारोह: कसले कुन अवार्ड जिते? (सूचीसहित)
- विपना, वर्षा र महेशको मुख्य अभिनय रहने फिल्म ‘बाकस’को औपचारिक घोषणा
- ‘बाटुलो जून’को टिजर र गीत दुवै ट्रेण्डिङको शीर्ष स्थानमा
- ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक: मैया बनेकी सिर्जनासँग काजीको विवाह, कथामा ठूलो ट्विस्ट!
- विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
- पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ: मन्त्री पौडेल
- परम्परागत आतिथ्यदेखि डिजिटल बजारसम्मः पोखराका महिला उद्यमीले लिए एआई तालिम
- पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुमपूर्व,
शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।
प्रहरी सहायक निरीक्षक थापाले भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिँदै मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रहसमेत गर्नुभयो ।
शनिबार साँझ करिब ६ः०० बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । वर्षासँगै आएको असिनाले गहुँबालीमा क्षति पुगेको छ ।