सुचना, समाचार र मनोरन्जन

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

 

स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन्।

यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १:०८ बजे धावनमार्गमा थियो।

 

विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए। आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।

 

विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए।

सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

Leave A Reply

Your email address will not be published.