
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- काखमा बालक र पैतालाबाट रगत: ‘सारथी’को प्रोमोमा गम्भीर अवतारमा देखिइन् निरुता सिंह
- सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक, मङ्सिर ४ गते नेपाली भाषामै विश्वव्यापी प्रदर्शन हुँदै
- ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ को भव्य समारोह: कसले कुन अवार्ड जिते? (सूचीसहित)
- विपना, वर्षा र महेशको मुख्य अभिनय रहने फिल्म ‘बाकस’को औपचारिक घोषणा
- ‘बाटुलो जून’को टिजर र गीत दुवै ट्रेण्डिङको शीर्ष स्थानमा
- ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक: मैया बनेकी सिर्जनासँग काजीको विवाह, कथामा ठूलो ट्विस्ट!
- विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
- पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ: मन्त्री पौडेल
- परम्परागत आतिथ्यदेखि डिजिटल बजारसम्मः पोखराका महिला उद्यमीले लिए एआई तालिम
- पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
यहाँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ ।
नगरपालिका वडा नं ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उक्त ठाउँलाई पर्यटकीय ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । त्यसका लागि प्रारम्भिक अध्ययनसमेत भइसकेको उहाँले बताउनुभयो ।
आयोजनालाई नगरपालिकाको आफ्नैै जग्गा एकीकरण आयोजना कार्यान्वयन एकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको लम्सालको भनाइ छ । “आयोजनामार्फत मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ ।”

आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्क तथा अन्य आधारभूत पूर्वाधार योजनाबद्ध रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै व्यवस्थित बसोबासको अवसर बढ्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने विश्वास गरिएको छ ।
यहाँबाट कुहिरो र सूर्योदय देखिने भएकाले पछिल्लो सयम मानुङकोट पर्यटकको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।
यहाँबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
पछिल्लो समय मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट फर्केर व्यवसाय गर्न थालेका छन् ।
सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको छ । अलैँचेबाट मानुङकोटसम्म चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको १८० मिटर ठाउँमा ‘आरसिसी’ ढलान गरिएको छ ।