
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पल शाह,मलिका महत अभिनित फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टरमा झल्कियो कारुणिक कथा
- ‘बेहुली’ दोस्रो हप्तामा सुखद प्रवेशः अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरुमा पनि रिलिज
- खेम र टेरियालाई लिएर ‘बसन्ती’ निर्माण गर्दै नारायण रायमाझी, शनिबारदेखि छायांकन
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगरको ‘जलाकी’: सोनम र उपासनाको प्रेमदेखि प्राकृतिक सुन्दरतासम्म
- काजीको हातमा ब्याट: अधुरो कथा पूरा गर्न कार्तिक ६ मा आउँदै ‘कबड्डी ५’
- कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
- बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप
- Korean Artist Ku Hyun Kim Donates 5,000 kg Rice to Flood Victims
- बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम
- लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल
राहदानी सेवाग्राहीका घरमा पुर्याउँदै चितवन प्रशासन
चितवन,
जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ ।
सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं २७ मा उल्लेख भएअनुरुप राहदानी हुलाक सेवामार्फत नागरिकको घरदैलोमा उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हुलाक सेवामार्फत घरदैलोमा सेवा पुर्याउनका लागि कार्यालयले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरेको छ ।

जिल्लाका सातै पालिकामा रहेका हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्याउने व्यवस्था गरिएको हो । प्रजिअ अर्यालका अनुसार आजदेखि राहदानीको फोटो खिच्न आएका सेवाग्राहीलाई घरमा बुझ्ने की कार्यालयमा आएर बुझ्ने भन्ने विषयको फारम भराइने छ । उहाँले भन्नुभयो, “फारम भर्दा घरमा नै बुझ्ने भन्ने सेवाग्राहीले रु ५५ तिर्नुपर्ने हुन्छ । खाममा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित सो रकम तिरेपछि कार्यालयमा आएको राहदानी सम्बन्धित व्यक्तिको घरमा पुर्याउने छ ।”
राहदानी बनेर जिल्लामा आइसकेका तर लिन नआएकाहरूको हकमा हुलाक कार्यालयले सम्पर्क गरेर घरमानै लिने की यहाँ आउने सोध्ने प्रजिअ अर्यालले बताउनुभयो । यस्ता राहदानी अहिले एक हजार २११ वटा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।