काठमाडौँ,
मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।
सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत सडक डिभिजनले आग्रह गरेको छ । पछिल्लो समय निरन्तर वर्षा हुन थालेपछि यो सडकखण्ड असुरक्षित बन्न थालेको हो ।