Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
- प्रवासमा बसेर मातृभूमिको सुस्केरा: रिमाको शब्दमा जेन–जी पुस्ताको बलिदान
- बाढीबाट प्रभावित क्षेत्रः नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
- भोटेकोशी बाढीः १२१ विदेशी पर्यटकको उद्धार
- आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति
गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
पर्वत,
पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ६ तिलाहारस्थित पहरेमा चिस्यान केन्द्र निर्माण गरिएको हो । निर्माण भएको करिब एक वर्षको यान्त्रिक परीक्षणपछि आइतबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषिउपज भण्डारण गर्न थालेको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
उपभोक्ता समितिमार्फत रु ३३ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । तीस मेट्रिकटन क्षमता रहेको चिस्यान चालु आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म निःशुल्क रुपमा भण्डारण गर्ने सुविधा दिइएको मोदी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रका कृषकलाई कृषिउपज सङ्कलन तथा भण्डारणका लागि पहिलो प्राथमिकता दिइने भएको छ भने क्षमता र आवश्यकताका आधारमा अन्य क्षेत्रका कृषकलेसमेत उपभोग गर्न पाउने भएका छन् ।
कृषिउपज भण्डारणका लागि आवश्यक कागजातअन्तर्गत व्यक्तिगत किसानले निवेदन र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ भने संस्था वा समूहले दर्ता प्रमाणपत्र, निर्णय र निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिनुभयो ।
कुनै पनि कृषिउपज भण्डारण गर्नुअघि राम्रोसँग सुकाइएको, रोगकिरा नलागेको, काटिएको वा नसडेको मात्र भण्डारण गर्न आग्रह गरिएको छ । यतिबेला आलुको सिजन भएकाले आलुलाई साइजअनुसार छुट्याएर जालीदार बोरा वा जुटको बोरा प्रयोग गरी प्याकिङ गरेर भण्डारण गर्न कृषकलाई आग्रह गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै कृषिउपजका लागि प्लास्टिकका बोरा प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ ।
कृषकले बजार पु¥याउनुअघि वा बेमौसममा बिक्रीका लागि तथा बीउका लागि प्रयोग गर्ने कृषिजन्य वस्तु चिस्यान केन्द्रमा भण्डारण गरेर लाभ लिनसक्ने गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताउनुभयो ।
यसअघि यस क्षेत्रका कृषकले आलु, विभिन्न प्रजातिका फलफूललगायत अन्य कृषिजन्यउपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हटेर गएको उपाध्यक्ष लामिछानेले बताउनुभयो ।
साथै जलजला गाउँपालिकाले झण्डै रु एक करोडको लागतमा वडा नं ८ खनियाँघाटमा चिस्यान केन्द्र निर्माण गरेको छ । परीक्षणका क्रममा रहेको र केही महिनाभित्र सञ्चालनको तयारी भइरहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिकाले उपभोक्ता समिति वा कृषि समूहमार्फत चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीस्वरुप सूचना प्रकाशित गरेको छ ।