
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार’: अनौठो कथामा बन्यो ‘परिवार’ (पोस्टरसहित)
- ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा, नेपाली फिल्मको स्तरबारे भारतीय फिल्मकर्मी र दर्शकको सकारात्मक प्रतिक्रिया
- ‘टनेल २६’ प्रमोसनका लागी भुटान टोली नेपाल आइपुग्यो
- मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्री
- नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको ‘शिव ताण्डव’ सार्वजनिक
- ‘कबड्डी ५’मा दयाहाङ र विजयसँगै विपीन कार्कीको धमाका, सिर्जना बनिन् नयाँ मैया
- तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट
- ‘आ बाट आमा २’को टिजरमा पल र मलिकाको जोडी, विपना थापासँग देखियो आमा-छोराको अनौठो प्रेम
- भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन
- ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छः मन्त्री साह
बाढीबाट प्रभावित क्षेत्रः नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
काठमाडौँ,
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ । बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनःसञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ । भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी रहेका स्थानमा खटिएका छन् । यसका साथै सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक कामसमेत भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
यस क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका(५ स्थित गोल्जुङ टावर ९बाहुनडाँडा० सञ्चालनमा ल्याइएको छ । उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका(४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका(३ र ५ का केही क्षेत्रमा मोबाइल सेवा पुनःसञ्चालन भएको छ ।

स्याफ्रुबेँसी(टिमुरे राजमार्गका केही भागमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका(३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका(१० र ११ तथा सूर्यगढी गाउँपालिका(४ का केही भागमा दूरसञ्चार सेवा पुनःसञ्चालन भएको छ ।
कम्पनीका अनुसार विदुर नगरपालिका(८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका(२, टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावरमा आज हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी परिचालन गरी सेवा सञ्चालन गर्ने काम भइरहेको छ ।
बाढीपछि भदौ १० गतेदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा जिल्लाका न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएका छन् । उहाँहरूले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सेवा पुनः सञ्चालन तथा सञ्चालनमा रहेका सेवाको निरन्तरताका लागि आवश्यक प्राविधिक काम गरिरहेका छन् ।
नेपाल टेलिकमले विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । बाढीबाट प्रभावित बाँकी साइटमा समेत सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।