सुचना, समाचार र मनोरन्जन

बिराज भट्टको ‘१२ गाउँ २’मा राज हमालको इन्ट्री

काठमाडौं :

बिराज भट्ट निर्देशित ‘१२ गाउँ २’मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ। छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ।

लामो समयदेखि फिल्म क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली फिल्ममा फर्किएका छन्। उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए। ‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई नेपाली फिल्म क्षेत्रमा विशेष रूपमा हेरिएको छ।

त्यसैगरी ‘१२ गाउँ’ मा अभिनेता बिराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन्। पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो। निर्माण टिमका अनुसार फिल्मको छायांकन अहिले धमाधम भइरहेको छ।

एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको फिल्मलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ। फिल्ममा बिराज भट्टसहित नयाँ तथा चर्चित कलाकारहरूको समेत अभिनय रहने बताइएको छ। पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ।

Leave A Reply

Your email address will not be published.