काठमाडौं :
निर्देशक बलिराम चौहानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस फिल्ममा हरेक युवाको कथा’राखिएको छ। यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ। ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो। यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्याएर दिने तनाव हो।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सेयर गरेका छन्। थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी,कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र पेन। जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर।
यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ। ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य ः यो जीवनको लागि यति मात्र हो’ भन्ने निर्देशकको लाइनले पनि प्रेममा गरेको वाचा तोडेर गएको प्रेमिकाको कथा र त्यसको तनावमा रहेको प्रेमीको संकेत गर्छ।
यस फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन्। कलाकार, प्राविधिक, छायांकन,रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन्। निर्माताको हो भन्नेबारे पनि निर्देशकले केही बताएका छैनन्।
बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ प्रदर्शनमा आएको थियो। उक्त फिल्मले राम्रो समीक्षा पाएको थियो। तर निर्वाचनको माहोलका कारण यो फिल्म हल रिलिजको तेस्रो दिन नै निर्माण टिमले हलबाट निकालेको थियो।