सुचना, समाचार र मनोरन्जन

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आयोगले अनुसन्धान गर्नुपर्नेको सूचीमा राख्यो

काठमाडौँ,

राष्ट्रिय मानव अधिकार आयोगले ’जेनजी’ आन्दोलनका सम्बन्धमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनको सिफारिस खण्डको बुँदा नम्बर १० मा कार्कीलाई प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवं समर्थकको सूचीमा राख्दै उनको भूमिकाबारे छानबिन गर्न सिफारिस गरेको हो ।

कार्कीले प्रदर्शन हुनुअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपश्चात् सामाजिक सञ्जालमार्फत व्यक्त गरेका धारणा र उनको सक्रियताले आन्दोलनलाई कस्तो दिशा दियो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने देखिएको आयोगको भनाइ छ ।

राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र सार्वजनिक भएका समाचारहरूका आधारमा कार्कीको संलग्नता पुष्टि हुने आधारहरू देखिएको भन्दै आयोगले उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।

आयोगले कार्कीसँगै अन्य अभियन्ता र चर्चित व्यक्तित्वहरूले दिएका अभिव्यक्तिले सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्‍याउन वा भीडलाई उत्तेजित बनाउन दुरुत्साहन गरेरनगरेको विषयमा गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएको छ ।

Leave A Reply

Your email address will not be published.