सुचना, समाचार र मनोरन्जन

‘आ बाट आमा २’मा मलिकाको इन्ट्री,पल शाहको जोडी कि आकाशको?

काठमाडौं :

चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता पन्त र महतबीच सम्झौता भएसँगै फिल्मका लागि मुख्य तीनै जना हिरोइनको टुंगो लागेको हो। यसअघि नै फिल्मका लागि अभिनेत्री रिश्ता गुरूङ र निकिता आचार्य फाइनल भइसकेका थिए। पछिल्लो समय दर्शकमाझ पल शाह र मलिका महतको जोडीलाई लिएर निकै चर्चा र चासो रहेका बेला निर्माण टिमले दर्शकको चाहनाबमोजिम मलिकालाई भित्र्याएको हो।

आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यस मल्टिस्टारर फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का लगायतका स्थापित कलाकारहरूको मुख्य भूमिका रहनेछ। फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी करणसिंह रसालीले सम्हालेका छन्।

केही सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आगामी दसैंको अवसर पारेर असोज ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तय भएको छ। निर्माण घोषणाकै चरणमा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार समेत महँगो रकममा बिक्री भइसकेको छ। वितरक डोको फिल्म्सले अमेरिका र क्यानडाका लागि फिल्मको प्रदर्शन अधिकार (सोल्ट आउट) खरिद गरिसकेको छ भने नेपालभित्र यसको वितरण आरआर फिल्मस्ले गर्नेछ। फिल्मको डिजिटल अधिकार भने ओएसआरले लिएको छ।

यो फिल्म गत वर्ष प्रदर्शनमा आएर बक्स अफिसमा झण्डै १४ करोड रुपैयाँको सानदार कलेक्सन गर्न सफल फिल्म ‘आ बाट आमा’को सिक्वेल हो। अघिल्लो भागले व्यावसायिक र समीक्षात्मक रूपमा ठूलो सफलता पाएपछि निर्देशक पन्तले सोही कथालाई निरन्तरता दिँदै दोस्रो भाग निर्माणको घोषणा गरेका हुन्।

Leave A Reply

Your email address will not be published.