सुचना, समाचार र मनोरन्जन

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न

पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

पोखरा,

फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान हासिल गर्यो ।

महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाटले प्रथम, उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर सम्मिलित तालपारीले दोस्रो, अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूहले तेस्रो, तथा कृष्णकुमारी कँडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वनाले ५ हजार सहित ट्रफि,प्रमाणपत्र पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, खेलकुद संयोजक बत्ति गुरुङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गरे ।

यसअघि पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा वडाध्यक्ष भट्टराईले फेवातालको प्रचार–प्रसार तथा पुराना डुंगाको महत्व चिनाउन पनि प्रतियोगिता महत्वपूर्ण भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा खेल पर्यटनको विकास गर्दै पर्यटन प्रवद्र्धनका लागि पनि डुंगा दौड प्रतियोगिता कोशेढुंगा बनेको औल्याए ।

नेपाल पर्यटन बोर्ड, गण्डकीका कार्यालय प्रमुख मणीराज लामिछानेले सन्देश मार्फत इभेण्टहरुको शहर पोखराको पर्यटन प्रवद्र्धनमा यो प्रतियोगिताको पनि महत्व रहेको जनाउँदै यसको निरन्तरताका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धजा जाहेर गरे । आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा फेवातालको प्रचार–प्रसार गर्दै पोखराको पर्यटन प्रवद्र्धनका लागि संस्थाले यो कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले फेवातालका पुराना डुंगाको खास विशेषता रहेको जनाउँदै यसको संरक्षणमा सरोकारवाला पक्षले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । सञ्चारकर्मी दीपेन्द्र पहारी र आयोजक समितिका शिव रुद्र जिसीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा समितिका बुद्धिनाथ पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.