काठमाडौँ,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ । पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा कांग्रेसले १८ सदस्यीय छाया सरकार गठन गरेको हो ।
उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ । संसदीय दलका नेता आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोकेको कांग्रेसले बाँकी १७ वटै मन्त्रालयमा छाँयामन्त्री बनाएको छ । विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो । तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन ।
गएको फागुन २१ मा भएको चुनावबाट प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा खुम्चिएको छ । यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो । एमालेले नेपालको संसदीय इतिहासमै पहिलो पटक ०४८ सालमै छाया सरकारको अभ्यास गरेको थियो ।
को–को छन् कांग्रेसको छाया सरकारमा रु
छाँया सरकार प्रमुख–भीष्मराज आङ्दम्बे
गृह–प्रकाशसिंह कार्की
अर्थ–नरेन्द्रकुमार केरुङ
परराष्ट्र–सुनिलबहादुर थापा
रक्षा–खड्ग शाही
पूर्वाधार विकास–डा। फिरदोश आलम
स्वास्थ्य तथा खाद्य स्वच्छता–डा। चन्द्रमोहन यादव
उद्योग वाणिज्य तथा आपूर्ति– विष्णुबहादुर खड्का
कृषि वन तथा पर्यावरण–प्रमिलाकुमारी गच्छदार
कानुन न्याय तथा संसदीय–खम्मबहादुर खाती
सूचना तथा सञ्चार–मनमाया विश्वकर्मा
युवा, श्रम तथा रोजगार–गीता गुरुङ
विज्ञान प्रविधि तथा नवप्रवर्तन–संदीप राना
ऊर्जा जलस्रोत तथा सिँचाइ–सन्तोष सुब्बा
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन–जनकराज गिरी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–योगेश गौचन
महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा–डा। गङ्गालक्ष्मी अवाल