Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर अभिलेख
- बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
- पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ
- गोरखामा सुधन गुरुङले भने–‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’
- नागढुंगा–मुग्लिन सडकखण्डको काम पुनः सुरु
- कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
- सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
- मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
- क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
- बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
झापा,
झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ ।
गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अजिङ्गरको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको छ ।
यहाँ वन क्षेत्र नजिकका बस्तीमा बेलाबेला अजिङ्गर, हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने गरेका छन् । प्रहरीले यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरेको छ ।