काठमाडौं :
मनास्लु वर्ल्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित ‘मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ भोल्युम–५’ को उपाधि मिष्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले जितेका छन्।
उनीहरुले उपाधिसँगै २ लाख रुपैंयाँ, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।प्रतियोगितामा प्रिन्स चौधरी र आकृति राई ‘फेस अफ एसइई सुपर मोडल २०२६’ हुँदा जोयल महर्जन र युइशा बस्नेत फस्ट रनरअप, साओलिन श्रेष्ठ र कृतिश्मा लामा सेकेण्ड रनरअप, आरव श्रेष्ठ र सुम्निमा बजगाईं थर्ड रनरअप तथा अन्सन अधिकारी र युनिशा शाक्य फोर्थ रनरअप घोषित भए। त्यस्तै बिबेक भुसाल र जेलिशा श्रेष्ठ ब्राण्ड एम्बासडर, साइस् रौनियार र जेत्सुन डोल्मा मोक्तान अर्गनाइजर च्वाइस, सदिक्षा तामाङ ब्यूटी विथ ब्रेन, सुषान्त तामाङ र हिमानी लामिछाने भ्यालेन्टिनो ब्राण्ड एम्बासडर घोषित भए।
त्यस्तै साधवी प्रसाईंले पब्लिक च्वाइस अवार्ड, आयुष्री कार्कीले भ्यूज च्वाइस अवार्ड, अविनाश तामाङले भ्यूज च्वाइस रनरअप तथा अरिका थापा र प्रिन्स पाण्डेले मोस्ट पपुलर रनरअपको उपाधि हासिल गरे।कार्यक्रमका विजेताहरूले नगद पुरस्कारसँगै एभरेष्ट फिल्म एकेडेमीमा छात्रवृत्ति, प्रोफेसनल मेकअप कोर्स, नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, विभिन्न ब्राण्डका गिफ्ट ह्याम्पर तथा खेलकुद र फिटनेस प्याकेजहरू प्राप्त गरेका छन्। साथै सहभागी सबैलाई नेपालका २० भन्दा बढी प्रतिष्ठित कलेजहरूमा विज्ञान, व्यवस्थापन, मानविकी तथा ए(लेभल अध्ययनका लागि छात्रवृत्ति अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ(रो बेन)ले देशभरका एसइई उत्तीर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताले युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा फेसन र मनोरञ्जन क्षेत्रमा अवसर सिर्जना गर्ने उद्देश्य राखेको बताए। प्रतियोगिताको कोरियोग्राफी सुगन्धा अधिकारी र अर्शु महर्जनले गरेका थिए भने सञ्चारकर्मी रोजिन शाक्यले होस्ट गरेका थिए।