सुचना, समाचार र मनोरन्जन

मन्त्रीले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनेपछि….

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ ।

नौबिसे–मलेखु सडक खण्डको अनुमगनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिनुभएको हो । उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्कासँगै हुनुहुन्थ्यो ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ । धेरैले मन्त्रीको भनाइको विरोध गरेका छन् । इकान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्वआईजीपी चन्द्रकुबेर खापुङले ‘कानूनबमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश ।’ भनेर टिप्पणी गर्नुभएको छ ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.