सुचना, समाचार र मनोरन्जन

‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट दिपा शिक्षिका थापा सम्मानित

काठमाडौं :

डेढ दशक भन्दा बढी समयदेखि शिक्षिकाका रुपमा रहहेकी दिपा थापा सम्मानित भएकी छन्। ट्रस्ट एण्ड कियर मन्टेस्वरीको प्रतिनिधित्व गर्दै फाउन्डर हेड शिक्षिका रहेकी थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित भएकी हुन्। शिक्षा क्षेत्रमा सलग्न रही मुलुकको शैक्षिक क्षेत्रमा पुराएको अतुलनीय योगदानसंगै नेपालको शिक्षा क्षेत्रसंग जोडिएका विभिन्न क्रियाकलाप र अन्य शैक्षिक संस्थासंग समेत आवद्ध रहदै हाल

राजधानीमा आयोजित नवौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा उहाँ उक्त सम्मानबाट सम्मानित हुनुभएकी हो। नेपाली शैक्षिक जगतको संरक्षण, सम्वद्र्धन र विकासका लागि उहाँले हालसम्म निर्वाह गर्नुभएको भूमिका र पुराएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको थियोे।

कार्यक्रममा बरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, दिग्गज कलाकार मोहन निरौला लगायतले सम्मानित सम्पुर्णलाई फूलमाला, खादा र सम्मान पत्रले सम्मान गरका थिए।

पावर इन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल०को आयोजना र इरा प्रोडक्सन प्रालिको ब्यवस्थापन रहेको कार्यक्रममा गीतकार सुरेश घिमिरे ‘बिशिष्ट गीतकार सम्मान २०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रुपाखेती निर्देशक ‘दिर्घसाधाना सम्मान २०८२’, महेश राज थापा ‘सामाजिक ब्यक्तित्व सम्मान २०८२’, विनोद देवकोटा ‘पत्रकारिता सम्मान २०८२’, छायांकार सालिकराम दुलाल ‘कला सम्मान २०८२’, दिपा थापा ‘पिम’ नेपाल शिक्षा सम्मान २०८२’, सचिन भट्टराई ‘युवा कलाकारिता सम्मान २०८२’, रणजित कुमार झा ‘पिम नेपाल संगीतकर्मी सम्मान २०८२’, सुनिता कुबँर ‘पिम नेपाल कला सम्मान २०८२’ बाट सम्मानित भए ।

कलाकार संघका अध्यक्ष उत्तम केसी, बरिष्ठ कलाकार रबिन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, गायक शिव परियार, बरिष्ठ गायक सिताराम पोखरेललगायत थुप्रै कलाकर्मीको सहभागीता कार्यक्रममा रहेको थियो । माधवराज खरेल अध्यक्ष, कमला जोशी संयोजक रहेको कार्यक्रमको निर्देशक सनम कठायत थिए । अवार्डको जुरी सदस्यमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्रा, रमेश दाहाल र आशा भुसाल थिए ।

विविध भाषाका गीतसंगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना आएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड ९निम अवार्ड० २०२६’ मा बिभिन्न ३० विधासहित जुरी अवार्ड बाँडिएको थियो ।

Leave A Reply

Your email address will not be published.