पोखरा,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेशमा रहेका प्रतिनिधिहरूले उतैबाट मतदान गर्न पाउने भएका छन्। पार्टीको विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो।
विदेशबाट कुल १६३ जना प्रतिनिधि रहेका छन्। उनीहरूमध्ये महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेकाहरूलाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
महाधिवेशनमा प्रत्यक्ष सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मेसिन (EVM) बाट मतदान गर्नेछन्। त्यसका लागि महाधिवेशन स्थलमा ८० वटा मतदान मेसिनको व्यवस्था गरिएको छ।