शुभप्रभात,
२०८३ असार १९ गते (३ जुलाई २०२६) शुक्रवार, आषाढ कृष्णपक्ष तृतीया तिथि, ९:१५ बजेपछि चतुर्थी। श्रवण नक्षत्र, १०:३७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
वृष –
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
मिथुन –
का, कि, कु, घ ङ, छ, के, को, हा
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
सिंह –
मा, मि, मु मे, मो, टा, टि, टु, टे
चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसुरकाे निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेकाे उपलब्धि जाेगाउन सजग रहनुहाेला।
कन्या –
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
तुला –
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ।
बृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
धनु –
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कुनै अवसर आए पनि विराेध हुनाले काममा बाधा पर्न सक्छ। आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अरूका काममा समय बित्न सक्छ। आशा देखाउनेहरूबाट धाेका हुनेछ। तापनि कामका जिम्मेवारी थपिनेछन्। किनमेलमा अधिक खर्च बढ्नेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। कुनै काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने हुन सक्छ।
मकर –
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। सहयोगीको भरपर्दा पनि काम बिग्रन सक्छ। स्वयं प्रयत्न गर्दा व्यापार बढ्नुका साथै महत्त्वाकांक्षी योजना थालनी हुने समय छ। मिहिनेत गर्दा लाभ राम्रै उठाउन पनि सकिनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सापट वा कर्जामार्फत धन जुट्नेछ। पेसा–व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।
सबैको दिन शुभ रहोस….