सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक

काठमाडौँ,

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा ८ निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने,विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने,शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री पोखरेलले बताए।

कारागार नियमावली,२०८३,मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३÷०८४–२०८७÷८८),भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२÷८३–२०८७÷८८) स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री पोखरेलले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

Leave A Reply

Your email address will not be published.