काठमाडौं,
बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
असार २६ गते काठमाडौंस्थित याक एन्ड यति होटलमा आयोजित समारोहमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अभिभावक तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
समारोहमा व्यवसाय व्यवस्थापन स्नातक, होटल व्यवस्थापन स्नातक, सूचना प्रविधि स्नातक र व्यवसाय प्रशासन स्नातकोत्तर कार्यक्रम उत्तीर्ण गरी ४ सय १५ जना विद्यार्थी दीक्षित भएका छन्।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सन्डरल्याण्ड विश्वविद्यालयले विशेष सम्मान प्रदान गरेको थियो। साथै उत्कृष्ट विद्यार्थीलाई आईएसएमटी समूहअन्तर्गत सञ्चालित क्याम्पसहरूमा स्नातकोत्तर तह अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पनि प्रदान गरिएको कलेजले जनाएको छ।
आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्दै व्यवसाय व्यवस्थापन स्नातक, होटल व्यवस्थापन स्नातक, सूचना प्रविधि स्नातक, साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक, व्यवसाय प्रशासन स्नातकोत्तर र कम्प्युटिङ स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ।