सुचना, समाचार र मनोरन्जन

‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’

काठमाडौं :

निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्। ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै उनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्।

चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकासबाट हल्का वर्षा भइरहेको देखिएको छ।

बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ। यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ। विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ । निर्माता जनक भन्छन्, “हाम्रो यो चलचित्र विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ।”

चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन। पछिल्लो समय लभस्टोरी सिनेमा कमै मात्रै बनिरहेका बेला जनकले यो जनराको सिनेमा बनाउने भएका हुन्। उनले यसुअघि दुईवटा चलचित्र सोसल ड्रामा निर्माण गरेका थिए।

निर्माता जनक स्वयंको परिकल्पना रहेको चलचित्रका लेखक अमीर मगर रहेका छन्। जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए । जनक सफल निर्माता मानिन्छन्। यी दुवै चलचित्र सफल मानिन्छन्। ‘घरज्वाइँ’ ब्लकबस्टर सिनेमा हो भने ‘मितज्यू’ समीक्षात्मक रुपमा राम्रो एप्रिसिएसन पाएको चलचित्र हो। याे चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठकाे आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ।

Leave A Reply

Your email address will not be published.