सुचना, समाचार र मनोरन्जन

‘लज्जावती’को डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

काठमाडौँ  :

आगामी साउन २९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस डान्सिङ नम्बरमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने गायिका सहिमा श्रेष्ठ र गायक रवी ओडको स्वर सुन्न सकिन्छ।

कवीराज गहतराजको उत्कृष्ट कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। अडियो र भिडियो दुवै पक्ष सबल रूपमा तयार पारिएकाले यस गीतले दर्शक तथा स्रोताको मन जित्नेमा निर्माण टोली निकै उत्साहित देखिएको छ।

आहा फिल्मस्को ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। सौरभ ओली प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी दिनेश राज बुढाथोकीले सम्हालेका छन्। दिव्यराज सुवेदीको छायांकन रहेको यस चलचित्रका लाइन प्रोड्युसर हरि प्रसाद सिवाकोटी हुन्। क्यानडा निवासी सिवाकोटी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडामा समेत प्रदर्शन गर्ने विशेष लक्ष्यका साथ निर्माण टोलीमा जोडिएका हुन्।

चलचित्रमा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवकका साथै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। तारा थापा ‘किम्भे’को सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई देशभर वितरण गर्ने जिम्मा कुबेर सिने डिस्ट्रिब्युसनले लिएको छ।

Leave A Reply

Your email address will not be published.