सुचना, समाचार र मनोरन्जन

बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको आर्थिक सहयोग

पोखरा, 

पद्म नर्सिङ्ग होम प्रा.लि.नदिपुर पोखराले बाढी प्रभाबितको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी र त्रिशुली नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रा.लि.ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हो । नर्सिङ्ग होमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक नबिल बैक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेका जनाएको छ ।

प्राकृतिक विपद् बाट भएको ठूलो जनधनको क्षति प्रति पद्म नर्सिङ्ग होमले गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली एवं प्रभावित तथा पीडित परिवारहरू प्रति समबेदना समेत प्रकट गरेको छ ।

गत भदौ १० गते बुधबार बिहान भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा सहित नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ ।

प्रा.लि. का अध्यक्ष यादब गौतमले प्राकृतिक बिपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाको तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको  बताउनुभयो ।  विपद्‌को यस दुःखद घडीमा पीडित परिवारहरूको दुःखमा साथ, सहयोग र ऐक्यबद्धता जनाउनु सामाजिक दायित्व भएको महसुस गर्दै उक्त रकम सम्बन्धित राहत कोषमा जम्मा गरिएको उहाँको भनाई छ ।

संस्थाका प्रबन्ध निर्देशन नरेन्द्र बास्तोलाले यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सानो भए पनि सहयोग पुग्ने विश्वासका साथ पद्म नर्सिङ होम प्रा. लि. को तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिदै आफ्नो संस्था सदैव सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.