काठमाडौं :
नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपाली चलचित्रको प्रवर्द्धन तथा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको कदर गर्दै अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई ‘नेपाल–भारत सांस्कृतिक सद्भावना दूत’का रूपमा सम्मान गरेको छ।
दूतावासले जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’का रूपमा मनाउने कार्यक्रमअन्तर्गत सम्मान समारोहपछि चलचित्र ‘एक्टर स् टेक वन’को विशेष प्रदर्शनसमेत आयोजना गर्यो।
चलचित्रले दुई देशका नागरिक, संस्कृति र कथालाई अझ नजिक ल्याउने शक्तिशाली सेतुको भूमिका निर्वाह गर्दै आएको दूतावासले जनाएको छ। यसअघि गत साता मात्र दूतावासले वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री विपना थापालाई पनि यसै गरी सम्मान प्रदान गरेको थियो।