सुचना, समाचार र मनोरन्जन

‘छ माया छपक्कै २’को ट्रेलरलाई दर्शकको उच्च साथ, कमेन्टमा प्रशंसाको ओइरो

काठमाडौं :

दीपकराज गिरीको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘छ माया छपक्कै २’को सार्वजनिक भएको छ। असोज ३१ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको यस फिल्मको ट्रेलर, प्रदर्शनको तीन दिन अगावै सार्वजनिक भएको हो।

निर्माण टिमले बुधबार साँझ ९ बजे ज्योतिषले दिएको शुभ साइत पारेर सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएका छन्। १२ सयभन्दा बढि कमेन्टकर्ताले कलाकारको अभिनयलाई मन पराएका छन्। कमेन्टकर्तामध्ये एक खेम रिजाल लेख्छन्,‘जस्ले जे सुकै भने पनि दसैं तिहारमा दिपक दिपाको फिल्म नै हो ब्लकबस्टर हुने भनेको। जो दीपकदीपा लाई गाली गर्छ्न तिनीहरु नै अगाडि हल पुग्छ्न फिल्म हेर्न।’

Chaka Panja

त्यसैगरि अर्का कमेन्टकर्ता निराज विष्टले दीपकराज गिरीको तारिफमा शब्द खर्चिएका छन्। उनी लेख्छन्,‘कडा कडा, अब राज गर्ने पालो राजाको।’ यस बाहेक अरुका कमेन्ट पनि सकरात्मक रहेका छन्। चार मिनेट लामो ट्रेलरले फिल्मको मुख्य कथावस्तुलाई उजागर गरेको छ। विशेष गरी विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेता दीपकराज गिरी बाइक राइडरको भूमिकामा प्रस्तुत छन् भने केकी अधिकारी उनकी श्रीमतीको रूपमा देखिएकी छन्।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्मित यस फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन्। रोहित अधिकारीको दीपकदीपासँग यो दोस्रो सहकार्य हो। यसअघि उनले ‘छ माया छपक्कै’कै यहि टिमसँग काम गरेका थिए। रोहितले यस बाहेक ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’ जस्ता फिल्म निर्माण गरिसकेका छन्।

दीपकराज गिरी स्वयंको लेखन रहेको यस फिल्ममा दीपक, केकी र सनिशाका साथै निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरी, रवीन्द्र झा, रमा थपलिया र मेक्सम गौडेल लगायतका कलाकारहरूको प्रमुख अभिनय छ। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको यस फिल्मले दर्शकमाझ निकै उत्सुकता जगाएको छ।

Leave A Reply

Your email address will not be published.