सुचना, समाचार र मनोरन्जन

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ,

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २९ जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार प्रमुख नदीहरूको बहाव भने नियन्त्रणमै रहेको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

यद्यपि, काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरसहित खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई बहने स(साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ। महाशाखाका अनुसार यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स(साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। त्यसैगरी, पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने अनुमान महाशाखाले गरेको छ।

Leave A Reply

Your email address will not be published.